मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना नभत्काउन अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउन थालेपछि उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर रिट निवेदन परेको थियो ।

सोही निवेदनमा आइतबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।

सोमबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रीत नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे-नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर निर्माण गरिएको भन्दै सुरुङ खनेर खोला निकालेका थिए । जय नेपाल हलको पर्खाल भत्काएर टुकुचा खोला निकालेपछि अन्य ठाउँमाथि पनि घर बनाइएको भन्दै महानगरले भत्काउने तयारी गरिरहेका बेला उच्च अदालतले अल्पकालीन आदेश दिएको रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP