शनिबार , भाद्र १३, २०८३

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्दमा राखेको थाहा पाएपछि राष्ट्रिय मानधअधिकार आयोगको टोली उनको निवासमा पुगेको छ ।

सञ्चारमाध्यमहरुमा जबरालाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो ।

प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने समाचार सार्वजनिक भएसँगै उनलाई सर्वोच्चमा छिर्न नदिन बाक्लो मात्रमा सुरक्षकर्मीहरु समेत खटाइएको थियो । जबराको निवासमा समेत बाहिरबाट ताला लगाएर प्रहरी तैनाथ गरिएको बताइएको थियो ।

राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधि सभाको कार्यकाल अन्त्य भएर आजबाट नयाँ निर्वाचनको कार्यक्रम शुरु भएको छ । प्रतिनिधि सभाको कार्यकाल शनिबार राति अबेरबाट सकिएको छश।
संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP