शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको बैठकमा बालेन्द्र शाह, हर्क साम्पाङको प्रशंसा गरेका छन् ।

आज (शनिबार) बसेको प्रतिनिधि सभाको ११ औं अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले राजनीतिमा युवाहरूको लहर आएको बताउँदै शहरी क्षेत्रमा पुराना दललाई अब चुनाव जित्न कठिन हुने दिन आएको बताए । ग्रामीण दुर्गम क्षेत्रमा राजनीतिक दलले संगठनको बलमा चुनाव जिते पनि शहरी क्षेत्रमा चुनाव जित्न कठिन अवस्था आएकोले युवाको मनोभावना अनुसार दलहरू अघि नबढे असफल हुने बताए ।

अध्यक्ष भट्टराईले बितेको ५ वर्षमा राजनीतिक दलहरू पास हुन नसकेको बताए । उनले इतिहासले सुम्पिएको जिम्मेवारी राजनीतिक दलहरूले कति पुरा गर्न सके समीक्षा गर्ने बेला भएको बताए । उनले भने, ‘हामीलाई जनताले कसरी हेरिरहेका छन्, हामीले त्यसमा विचार गर्न आवश्यक छ । राजनीतिक विकृतिहरूका समाचारमा आफैलाई हेर्न जरुरी छ । यही संसदबाट निर्वाचित भएको सरकारले यही संसद्लाई दुई पटक विघटन गर्न पुग्यो । धन्न हामीले जोगाउन सफल भयौँ ।’

उनले सङ्क्रमणकालीन न्यायको विषय कुनै दल समूह विशेषको नभई देशको शान्ति प्रक्रियासँग जोडिएको उल्लेख गर्दै सो बारेको विधेयक पास हुन नदिई राजनीतिकरण गरिएको उल्लेख गरे । सङ्क्रमणकालीन न्यायका लागि हजारौँ पीडित जनता प्रतिक्षमा रहेको बताउँदै उनीहरूले न्याय पाउनु पर्दैन भन्दै प्रश्न गरे । उनले यो विषय विस्तृत शान्ति सम्झौतापछि सबैको साझा समस्याको रूपमा रहेको बताए ।

यस्तै डा. भट्टराईले नागरिकता विधेयकमा राजनीतिकरण गर्दै लम्ब्याएकोमा दुःख व्यक्त गरे । उनले नागरिकताको विषयमा दलीय आधारमा लम्बिनु नहुने धारणा उल्लेख गर्दै नागरिकता विधेयकमा कुनै बहाना नगरी छिटो पास गर्नुपर्नेमा कमजोरी भएको बताए ।

उनले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा समावेश गरेँ भनेर राष्ट्रवादी बनेर तिघ्रा पिट्ने तर त्यो प्राप्तिका लागि कुनै काम नभएको उल्लेख गरे । उनले संविधान जारी हुने बेला यो संविधान आधा गिलास भरी र आधा खाली भनेको विषयलाई स्मरण गर्दै संविधानमा पूरा नभएका विषयलाई पूणर्ता दिन अझै काम गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP