मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो संसदको कार्यकाल सफल भएको बताएका छन् । प्रतिनिधिसभा वैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले समग्रमा यो संसदको कार्यकाल सफल भएको बताएका हुन् ।

ओलीले भने, ‘यो संसदबाट संविधानका लागि आवश्यक थुप्रै कानुनहरू बनायौं । राजनीतिक स्वार्थले गठबन्धन बन्यो । निर्वाचनतर्फ जानेलाई प्रतिगमन भनिँदैन । निर्वाचनमा जाने कुरा प्रतिगमन होइन ।’ उनले नागरिकतामा राजनीति गर्न खोजिएको बताए । ओलीले भने, ’जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा नागरिकता दिइनेछ भन्ने मात्रै संशोधन हालौ भनेका थियौं । तर, नागरिकतालाई राजनितिक फाइदासँग जोडियो । मंसिर ४ गते जनताले गठबन्धन र सरकारलाई जवाफ दिनेछन् ।’

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र धाँधलीरहित सम्पन्न गरिनुपर्ने उनले बताए । ओलीले भने, ‘देश अब निर्वाचनमा जाँदैछ । गएको स्थानीय तह निर्वाचनमा सत्ताको दुरुपयोग गरियो। प्रहरी प्रशासन, राज्य संयन्त्रको दुरुपयोग गर्ने काम भयो । लोकतन्त्रभित्र त्यस्ता तौरतरिका नपनाइयोस्। लोकतन्त्र भनेको भिन्न मत र विचारलाई स्वीकार्ने प्रणाली हो । लोकतन्त्रमा प्रतिष्पर्धालाई स्विकार्नु पर्छ ।’ ओलीले भने, ‘निर्वाचन आयोग सत्ता पक्षबाट नलतारियोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP