शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । संसद्‍ बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने ओलीसँग काम गर्ने अवसर मिलेको बताए ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए । उनले बैठकमा आगामी निर्वाचनलाई निष्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए ।

उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपूर्ति दिने घोषणा पनि गरे । यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए । सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको शुभकामना पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP