शनिबार , भाद्र १३, २०८३

धनगढी । तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा १५ सय घर डुबानमा परेका छन् । साथै बाढीमा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार धनगढी उप महानगरपालिका-१३ की १९ वर्षिया नविना चौधरी माछा मार्ने क्रममा स्थानीय झलारी नालामा डुबेर बेपत्ता भएकी हुन् । प्रशासनले कैलालीका १० स्थानीय तहका १५ सय घरधुरी डुबानमा परेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको तथ्यांकमा सबैभन्दा बढी भजनी नगरपालिका डुबानमा परेको छ । त्यहाँको वडा नम्बर ८ का सोनाफाँडा, दैलेखि टोल, भरतान टोल, मिलनपुर टोल र लालबोझीका गरी ४ सय घरधुरी, भजनी बजारका २५ घरधुरी, भजनी नगरपालिका वडा नम्बर ७ का शिविर टोल, गणेशमान टोल, दक्षिणपुरवा टोलका २५० घरधुरी डुबानमा परेका छन् ।

यस्तै जोशीपुर गाउँपालिकामा ४ सय घरधुरी, लम्कीचुहा नगरपालिकामा १४५ घरधुरी, कैलाली गाउपालिकामा १७५ घरधुरी, टीकापुर नगरपालिका र जानकी गाउपालिकामा ८०-८० घरधुरी डुबानमा परेका प्रशासनले जनाएको छ । धनगढी नगरपालिकामा पनि १४ घरधुरी डुबानमा परेका छन् ।

यस्तै टीकापुर नगरपालिका वठा नम्बर ७ का ७० परिवार र जानकी गाउँपालिका ४ का ६० परिवार गरी १३० परिवार विस्थापित भएका छन् । उनीहरु, सामुदायीक भवन र आफन्तकोमा सरेका प्रशासनले जनाएको छ । कैलालीमा कणर्ाली, मोहना, पथरैया, कन्द्रा र खुटीया नदीहरुको जलस्तर बढेको छ । पहाडि जिल्लातिर वर्षा भईरहेकाले तराईमा नदीहरुको जलस्तर बढेको हो ।

कञ्चनपुरमा पर्ने महाकाली नदीमा पनि जलस्तर बढेपछि नेपाल भारत सीमा नाका बनबसा बैराजमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा एक लाख क्विसेक भन्दा बढी पानी बग्ने वित्तिकै त्यसलाई खतरा मानिन्छ । अहिले महाकालीमा एक लाख ६४ हजार क्विसेक पानी बगिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP