मंगलबार , बैसाख ९, २०८२

भैरहवा ।जजिरा एयरलाइन्सले शुक्रवारदेखि दैनिक कुवेत–भैरहवा हवाई उडान सुरु गरेको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ जेठ २ गते उद्घाटन भएदेखि एयरलाइन्सले कुवेत–भैरहवा हप्तामा तीन वटा उडान गर्दै आएको थियो । जजिरा गौतम बुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एक मात्र अन्तर्राष्ट्रिय एयरलाइन्स हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रवारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवा नियमित रुपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए । उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुवेत–भैरहवा १ सय १० वटा उडान गरेको छ ।

यी उडान हुँदै कुवेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना यात्रु आएका छन् । भैरहवाबाट कुवेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमानले कुवेत–भैरहवाबिच हवाई उडान भर्दै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एयरलाइन्सबाट काठमाडौँ भन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP