शनिबार , भाद्र १३, २०८३

भैरहवा ।जजिरा एयरलाइन्सले शुक्रवारदेखि दैनिक कुवेत–भैरहवा हवाई उडान सुरु गरेको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ जेठ २ गते उद्घाटन भएदेखि एयरलाइन्सले कुवेत–भैरहवा हप्तामा तीन वटा उडान गर्दै आएको थियो । जजिरा गौतम बुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एक मात्र अन्तर्राष्ट्रिय एयरलाइन्स हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रवारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवा नियमित रुपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए । उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुवेत–भैरहवा १ सय १० वटा उडान गरेको छ ।

यी उडान हुँदै कुवेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना यात्रु आएका छन् । भैरहवाबाट कुवेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमानले कुवेत–भैरहवाबिच हवाई उडान भर्दै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एयरलाइन्सबाट काठमाडौँ भन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP