मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउने छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निणर्य लिन सके अवसरहरू प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउने छ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जे काम गर्नु हुन्छ होशियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूलाई प्रभावित पारेर काम बन्ने छ । चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । कला र गलाको प्रभाव बढ्ने छ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज श्रमदान गर्ने अवसर मिल्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP