शनिबार , भाद्र १३, २०८३

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज (शुक्रबार) पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान लिने भएको छ । समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले साथसाथै प्रतिवेदन लेखन पनि अगाडि बढाएको छ ।

महाभियोगमा जोडिएको सम्पत्तिसम्बन्धी विषयमा समितिले न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण झिकाएको छ । शुक्रबार साँझसम्म प्रतिवेदन तयार पारेर शनिबार प्रतिनिधिसभामा पेस गरिने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP