मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार यो साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
अर्थमन्त्री शर्मा भन्छन्, ‘मुद्रा सञ्चिति घटेको समयमा अर्थतन्त्र बचाउन रेमिट्यान्सको ठूलो महत्व’
अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको ठूलो महत्व रहेको बताएका छन् । ग्लोबल आएमई बैंक लिमिटेड र ग्लोबल मनी एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपालीरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरे ।

‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईंहरूले सहजीकरण गर्नुपर्‍यो’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे ।

‘म यहाँका गैरआवासीय नेपालीसाथीहरू तथा गैर आवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईं हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको समृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईंहरूले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईंहरूको लगानीको सुरक्षा गर्न हामी तयार छौँ’, उनले भने ।

दक्षिण कोरियाको नेसनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरू नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि तयार रहेको बताए । ग्लोबल आईएमई बैंकले राजधानी सिओलमा शाखा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP