शनिबार , जेठ ३२, २०८२

भैरहवा । अन्तर्राष्टिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले भैरहवाका चार सामाजिक उद्यमी महिला सहकारीलाई नगदसहित पुरस्कृत गरेको छ । हेफरले गठन गरेको सहकारीहरूमध्येबाट मुल्यांकन र प्रगतिको आधारमा चार सहकारीलाई नगदसहित पुरस्कृत गरिएको हो ।

दुई सय ५५ वटा सहकारी मध्येबाट दाङ लमहीस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई तीन लाख नगद र सम्मानपत्रसहित राष्ट्रिय स्वणर्िम प्रतिभा पुरस्कार, सिन्धुलीको दुधौलीमा रहेको प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कास्कीको माछापुच्छ्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु बाणगंगामा अवस्थित बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई एक लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वणर्िम प्रतिभा पुरस्कार दिएको हेफरका नेपालका प्रमुख शुभनारायण महतोले बताए ।

सामाजिक उद्यमकी महिला सञ्जाल सेवा नेपाल र हेफर इन्टरनेशनल नेपालले संयुक्त आयोजना भएको महिला उद्यमी उत्सवमा पुरस्कृत सहकारीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, पूर्वमन्त्री गोकणर् विष्ट, चक्रपाणि खनाल, लुम्बिनी प्रदेश सासंद देवेन्द्रराज कंडेल, हेफर अन्तर्राष्ट्रियका प्र्मुख वितिय अधिकृत मार्सिया रस्मुसेन , बरिस्ठ उपाध्यक्ष महेन्द्रनाथ लोहनी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल दुई सय ५५ सहकारीमा आबद्ध भएका तीन लाख १४ हजार साना कृषकको प्रतिनिधित्व गर्ने संस्था हो । हेफर ईन्टरनेशनलन नेपालमा सञ्चालन भएको अवधिमा समूह सहकारीमा आवद्ध महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण, क्षमता विकास गाई, बाखा, दुध, स्थानीय जातको कुखुरा, तरकारी, बंगुर लगायतका कृषि तथा पशुपालन क्षेत्रमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 118 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP