मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहीबार उच्च अंकले घटेको छ । कारोबारको शुरुवातदेखि नै ओरोलो लागेको नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो ।

बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटे पनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्युअल फण्ड २ को शेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP