मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । भदौयता बन्द चीनका दुई वटा नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको एक महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो ।

रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मैनालीले चीनले आजदेखि सामान छाड्न लागेको जानकारी दिए । उनले भने, ‘चीनले आजदेखि रसुवागढी नाकाबाट सामानहरू छाड्दैछ । तर, के-के आउँदैछ भनेर हामीलाई जानकारी छैन ।’ आज नाकाबाट १० वटा कन्टेनर नेपाल भित्रिन सक्ने मैनालीले जानकारी दिएका छन् ।

यस्तै तातोपानी भन्सार नाकाबाट भने यही साताको शनिबारदेखि नै आंशिकरूपमा सामान भित्रिन थालेको थियो । शनिबारयता अहिलेसम्म १५ वटा कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयका पूर्व प्रमुख नारद गौतमले बताए । नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन शुरू गरेको हो ।

‘चिनियाँ २०० देखि २५० टेलर सामाग्री बाटोमा रोकिएको थियो,‘ हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले भने, ‘अब दुवै नाकाबाट सामाग्री आउन थाले दशैंलाई केहि राहत हुन्छ ।’ व्यवसायीका अनुसार सामान्य अवस्थामा उत्तरी नाकाबाट वस्तु आयात गर्न १५ दिनमा सकिन्छ भने समुद्री नाका हुँदै आउँदा २ देखि ३ महिना लाग्छ । फलफूलहरुमा स्याउ, ड्रागन फ्रुट संगै लसुन लगायतका वस्तु उत्तरी नाकाबाट आउँछ ।

व्यवसायीहरुले दशैं लक्षित लत्ता, कपडा, जुत्ता पनि उत्तरी नाका हुँदै ल्याउने गरेका छन् । हाल उत्तरी नाकामा रहेको अधिकांश टेलरमा लत्ता कपडा रहेका छन् । अबको एक हप्तामा ती ट्रक आउन सके व्यवसायीलाई ठूलो राहात हुने श्रेष्ठ बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP