शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ ।

सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए । तर, मल्ल भने निर्वाचन क्षेत्र बाडफाँटका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको बताए ।

माओवादी पार्टी पदाधिकारीको बुधबारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP