शनिबार , जेठ ३२, २०८२

काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ आजदेखि लागू गरिंदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न लागेको हो ।

आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको शुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्रयाकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mमmक।लतब।नयख।लउ मा गइ दर्ता भए/नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिद बिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 102 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP