मंगलबार , बैसाख ९, २०८२

काठमाडौ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । सोमबार सभामुख अग्नी सापकोटाको निमन्त्रणमा लिको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली बिहीबार स्वदेश फिर्ता भएको हो ।
उनलाई सभामुख सापकोटाले आज बिहान ८ः ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

अध्यक्ष लीले नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायण खड्का, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

लिले बुधबार बिहान भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका थिए । अवलोकनका क्रममा अध्यक्ष लीले पाँचतले मन्दिर परिसरमा राखिएका भक्तपुरको कला, संस्कृति झल्किने तस्बिरबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP