मंगलबार , बैसाख २९, २०८३

काठमाडौ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । सोमबार सभामुख अग्नी सापकोटाको निमन्त्रणमा लिको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली बिहीबार स्वदेश फिर्ता भएको हो ।
उनलाई सभामुख सापकोटाले आज बिहान ८ः ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

अध्यक्ष लीले नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायण खड्का, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

लिले बुधबार बिहान भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका थिए । अवलोकनका क्रममा अध्यक्ष लीले पाँचतले मन्दिर परिसरमा राखिएका भक्तपुरको कला, संस्कृति झल्किने तस्बिरबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP