शुक्रबार , बैसाख ५, २०८२

न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा रहेका एक नेपालीले आफ्नै साथीलाई अचेत हुने गरी कुटपिट गरेपछि उनलाई न्यूजिल्याण्ड छाड्न अथवा डिपोरटेसन भोग्न आदेश दिइएको छ ।

सन् २०१८ देखि अध्ययन तथा काम गर्ने भिसामा न्यूजिल्याण्डमा रहेका २४ वर्षिय पारस भण्डारीमाथि सन् २०२० को जुलाईमा कुटपिट गरेको तथा हत्या गर्ने चेतावनी दिएको आरोप प्रमाणित भएको थियो ।

आफ्नो रक्सी खाने तथा पार्टी गर्ने कुराबारे आफ्नो परिवार तथा साथीलाई भनेको आरोपमा भण्डारीले उक्त व्यक्तिमाथि कुटपिट गरेको अदालतमा जनाइएको खवर न्युजिल्याण्डका स्थानिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भण्डारीले उनलाई भित्तामा धक्का दिएको तथा उनी अचेत नहुन्जेलसम्म मुख र टाउकोमा कुटपिट गरेका थिए । पीडितको नाक भाच्चिनुका साथै कैयौ स्थानमा चोकपटकको दाग देखिएको थियो ।

होटल सेफको रुपमा काम गरिरहेका भण्डारीलाई ६ महिनाको कम्यूनिटी डिटेन्सनमा राखिनुका साथै पीडितलाई एक हजार डलर जरिवाना तिराउन आदेश गरिएको थियो ।

सन् २०२० को अगस्टमा उनलाई डिपोसेटनको आदेश दिइएको भएपनि उनले यसको विरुद्ध इमिग्रेसन एण्ड प्रोटेक्सन ट्रिव्यूनलमा निवेदन दिएका थिए ।

तर ट्रिव्यूनलले उनको आवेदन खारेज गरिदिएको छ र उनको भिषा यो निर्णय सार्वजनिक भएको २८ दिन भित्र सकिनेछ ।

डिपोटेसनबाट बच्न भण्डारीले २८ दिन भित्रै न्यूजिल्याण्ड छाड्नु पर्ने छ अथवा कोभिडका कारण नेपालको हवाई जहाजको टिकेट नपाउने भन्दै टेम्पोररी भिषाको लागि आवेदन दिन सक्नेछन् ।

यस अघि ट्रिव्यूनलमा भण्डारीले न्यूजिल्याण्डले आफूलाई राम्रो मानिस बनाएको, आफूलाई न्यूजिल्याण्डमा आउन परिवारले ठूलो रकम खर्च गरेको तथा आफू कोभिड र लकडाउनको समयमा अत्यावश्यकिय काम गरेको तर्क गर्दै भण्डारीले आफूलाई डिपोर्ट नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP