शनिबार , भाद्र १३, २०८३

काठमाडौं । भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको हो । दशैंको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निणर्य भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गतेसम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।

व्यवसायीले ढुवानी भाडादर वृद्धिको माग गर्दै २४ भदौबाट हड्ताल सुरु गरेका थिए । उनीहरूले बुधबारबाट आन्तरिक ढुवानी बन्द गरी १ असोजबाट देशभर इन्धन आपूर्ति ठप्प पार्ने घोषणा गरेका थिए । मन्त्रालयमा दुई पक्षबीच आज भएको छलफलमा ७ साउनसम्ममा सञ्चालक समितिबाट निणर्य गराई ढुवानी भाडा वृद्धि गर्ने सहमति भएको छ । व्यवसायीले हड्ताल फिर्ता लिएपछि बिहीबारबाट देशभर तेल लोड-अनलोड सहज हुने भएको छ ।

आयल निगमको सञ्चलक समिति बैठकमा वार्षिक ४४ करोड रुपैयाँ व्ययभार थपिने गरी भाडादर वृद्धि गर्ने प्रस्ताव करिब एक वर्षदेखि विचाराधीन छ । १० अर्ब रुपैयाँ ऋण र २३ अर्ब रुपैयाँ बक्यौता बोकेर बसेको निगमलाई थप आर्थिक भार दिन नहुने भन्दै सञ्चालक समितिका बहुमत सदस्यले ढुवानी भाडादर वृद्धि गर्न असहमति राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP