शनिबार , भाद्र १३, २०८३

काठमाडौँ। नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ ।

प्रशिक्षक केसीले भने, ‘छनोट हुने सम्भावना न्यून छ । किनभने, समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न हामीलाई गाह्रो छ । हामीले दुई खेल हारिसकेका छौँ,’ केसीले भने ।

पहिलो खेलमा नेपाल भुटानसँग २-१ ले पराजित हुँदा दोस्रो खेलमा कतारसँग ३-१ ले हारेको थियो । दुई खेल खेलेका बंगलादेश ४ अंकसहित शीर्षस्थानमा छ । एक खेल खेलेको कतार र दुई खेल खेलेको भुटानको समान तीन अंक छ । यस्तै, बहराइनको १ अंक रहँदा बिना अंक नेपाल पुछारमा छ ।

बहराइनविरुद्ध उत्कृष्ट खेल हेर्न पाउनेमा केसी आशावादी देखिए । यस्तै, केसीले अघिल्ला खेलपछि टिम पूर्ण तयारी नभएको बताए । ‘आज नेपाली टिमको शतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारीरिक रूपमा पूर्ण तयार थिएनौं । कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ केसीले भने ।

आयुष घलानको कप्तानीमा रहेको नेपाली टिम विगत सात दिनयता बहराइनमा छ । प्रतियोगिताको अघिल्लो दिन मात्रै बहराइन पुगेको थियो । प्रशिक्षक केसीले बहराइनको वातावरणमा घुलमिल भएको र राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए ।

‘हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो । एसियन कपमा छनोट हुनेभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राख्छौँ,’ उनले भने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP