शनिबार , भाद्र १३, २०८३

काठमाडौं । गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,५४९ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २१४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६९ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३६ जना र तीव्र गतिमा सवारी साधन चलाउने २७ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ७८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६४ जना, सडक लेन उल्लङ्घन गर्ने ४७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३६ जना चालकहरू पनि कारवाहीमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP