शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । अबदेखि सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको हो ।

शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो । यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन नपाइने व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP