मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसी २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।

डा.केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन् । ‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन ? वेलैमा सोचौं,’ डा. भट्टराईले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP