मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्ने छ । सफल यात्रा हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्ने छ । सामाजिक काममा सफलता पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक तथा परम्परागत काममा रुचि बढ्ने छ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । पुनर्मिलनको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजको दिन मध्यम खालको छ । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP