सोमबार , अषोज २६, २०८३

काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपालसम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा नेपालले भारत सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्कका सहसचिव अरन्दिम बाग्छीलाई फोन गरेर त्रिपुराका मुख्यमन्त्री देवले गरेको आपत्तिजनक अभिव्यक्तिबारे नेपालको असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएका हुन् । राजदूत आचार्यले देवको अभिव्यक्तिका बारेमा भारतीय पक्षलाई प्रस्ट पार्न आग्रह गरेका छन् । त्यसक्रममा सहसचिव बाग्छीले त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका थिए । उनले यस विषयम छिट्टै प्रस्ट पार्ने बताएको नेपाली दूतावास स्रोतले जनाएको छ ।

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री देवले गत शनिबार राजधानी अगरातालाको पार्टी बैठकमा भारतीय गृहमन्त्री अमित शाहलाई उदृध गर्दै नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना रहेको बताएका थिए । देवका अनुसार गृहमन्त्री शाहले भारतका सबै राज्यमा बीजेपीको सरकार बनाइसकेपछि नेपाल र श्रीलंकामा पनि बीजेपीको सरकार विस्तार गर्ने योजना रहेको बताएका थिए ।

मुख्यमन्त्री देवको विवादास्पद अभिव्यक्तिप्रति भारतको मुख्य विपक्षी काँग्रेस र कम्युनिष्ट पार्टीले आपत्ति जनाएका छन् । यस्ता अभिव्यक्तिले नै छिमेकीहरुसँग भारतको सम्बन्ध नराम्रो बन्न पुगेको काँग्रेसले जनाएको छ ।

यसैगरी भारतको कम्युनिष्ट पार्टी सीपीआई माक्र्सवादीका नेता एवं पूर्वसांसद जितेन्द्र चौधरीले मुख्यमन्त्री देवलाई भारतको संविधान र लोकतन्त्रबारे ज्ञान नभएको टिप्पणी गरेका थिए ।

यस विषयमा भारत सरकार र बीजेपीले अहिलेसम्म औपचारिक रुपमा केही बोलेका छैनन् । त्रिपुरामा लामोसमयसम्म शासन गरेको कम्युनिष्ट पार्टीलाई पराजित गर्दै बीजेपीले सन् २०१८ मा विजय हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP