सोमबार , बैसाख ८, २०८२

काठमाडौं । सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार आठ घण्टा ४० मिनेट बसेको गठबन्धन आवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेको हो ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँटका लागि बसेका बैठक निष्कर्षविहीन बनिरहेको छ ।

सोमबार पनि बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार एउटै सिटमा दोहोरो/तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ । असहमतिलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP