शनिबार , भाद्र १३, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशुबीच शिष्टाचार भेट भएको छ ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको नीजि सचिवालयले जनाएको छ । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् । सोमबार दिउँसो काठमाडौं उत्रिएका लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए ।

नेता ली नेपालमा तीन दिनसम्म रहने छन् । उनले त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्षी दलका नेता र संसदमा प्रमुखहरुसँग संवाद गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP