बिहिबार , जेठ ३०, २०८२

मनाङ । मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये ७ वटा चौंरी एकैसाथ मरे । समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा छ यो चरन क्षेत्र पर्छ ।

यहाँ पालिएका याक र चौंरीमा धेरै र्‍याल काढ्ने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएर कराउने आदि लक्षण देखिएको छ । पशु प्राविधिकलाई बोलाएर परीक्षण गराउँदा १०६ डिग्री सेल्सियससम्मको ज्वरो आएको पाइएको कान्छा गुरुङले बताए ।

मनाङ ङिस्याङ-२ घ्यारुस्थित ४ हजार ६ सय ५० मिटरमा रहेको लेक घ्योरकङ क्षेत्रमा पेम्वाडिन्जी गुरुङले पालेकामध्ये ३ वटा याक र ३ वटा चौंरी मरे । यही समयमा मनाङ ङिस्याङ-५ भ्राकामा पर्ने ४ हजार ५ सय मिटर उचाइमा रहेको आइसलेकमा सेते विकले पालेका ३ वटा चौंरी र एउटा याक मरे ।

धमाधम याक र चौंरी मर्न थालेपछि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमसहितको टोली लेकका चरन क्षेत्रमा खटिएको थियो । उनका अनुसार परीक्षणका लागि बिरामी याक र चौंरीको नोजल स्वाब, रेक्टल स्वाब, रगतको नमुना ईडीटीए, सिरम स्याम्पल लिइएको थियो ।

मृत्यु भएकाबाट टिस्यु स्वाब, मुटु, फोक्सो, कलेजो, मिर्गौला र बोन म्यारोको नमूना लिइएको थियो । घ्यारु र ङावलको लेक घ्योरकङमा मात्रै १२ वटा याक र चौंरी मरेका छन् । भ्राकाको आइस लेकमा १० वटा र प्रिप्चेमा ८ वटा याक र चौंरी मरेका छन् । तीन वटा क्षेत्रमा ७ सय २२ वटा याक र चौंरी रहेकामा अहिले ४२ वटा बिरामी छन् ।

पशु प्राविधिकले विस्तृत रूपमा भेटनेरी इपिडिमियोलोजिकल अध्ययन सर्वेक्षण गर्दा रोग पत्ता नलागेपछि परीक्षणका लागि नमुनालाई पोखरा पठाइएको थियो । टंकी र भ्राकामा पशु चिकित्सक नारायण कुसुमका साथमा मनाङ ङिस्याङ गाउँपालिका पशु सेवा शाखा प्रमुख राजीव दाहाल खटिएका थिए । घ्यारु र ङावलमा नायब पशु सेवा प्राविधिक हरि तामाङ र भक्त रावत खटिएका थिए । पशुमा भ्यागुते रोग लागेको आशंका गरिएको छ ।

भदौ ७ मा पहिलो पटक नमून पठाएकोमा रोगको पुष्टि हुन नसकेपछि पुनः नमून संकलन गरी भदौ १२ मा पोखरा पठाइएको उनले बताए । पोखराको प्रयोगशालामा पनि रोग निदान नभएपछि हाल नमूनालाई काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP