बिहिबार , जेठ ३०, २०८२

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज (सोमबार) पनि बस्ने भएको छ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान ८ आजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ । सोही सिलसिलामा हिजो आइतबार बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो ।

आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताए ।

‘आज लामो छलफल भयो । तर, सिट बाँडफाँटको विषयमा सहमति जुटेन’, आइतबारको बैठकपछि खनालले भने, ‘सोमबार बालुबाटारमा ८ बजे शीर्ष नेताहरूको बैठक बस्ने छ । आवश्यकताअनुसार कार्यदलका साथीहरूलाई पनि बोलाइनेछ । हामी सहमतिमा पुग्छौं ।’

सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ । सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP