शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा सजग भएर काम गर्नुहोला । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ ।

city
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गरेको लगानीबाट नोक्सानी हुनसक्छ । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला । चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट सहयोग मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परोपकार काम गर्नुमा नै भलो हुनेछ । घर परिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । प्रेमीको सहयोग पाइनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमाइलो यात्रा रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP