सोमबार , बैसाख ८, २०८२

दोहा । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दोहा-काठमाडौं-दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो ।

१५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो । कतार विश्वकपको संघारमा छ । विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थलाई समेत प्रयोगमा ल्याएको हो ।

नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरु पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ । यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP