बुधबार , जेठ २९, २०८२

काठमाडौं । काभ्रेपलाञ्चोक र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाईको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका-१३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ गैरीगाउँ झिलमिलेस्थित आफन्तकोमा आएका पाँचथर याङबरक गाउँपालिका-६ नागी घर भएका ३२ वर्षीय कमल बराईलीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । झिलमिलेस्थित कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापाको हल्दिबारी गाउँपालिका-५ बस्ने ६१ वर्षीय ओम बहादुर थाम्सुहाङको सोही ठाउँस्थित भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

झापाकै मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४७ वर्षीय सन्त चौधरीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । सोही नगरपालिका-११ हडिया खोलामा विद्युतीय तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP