सोमबार , बैसाख ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन-बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै योजना बनाउन माग गरेका छन् ।

आज आइतवार प्रस्तावित धोबीखोला कोरिडोरको कपन-बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाल धोबीखोला कोरिडोरको कपन-बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड-खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने उल्लेख गरे ।
महामन्त्री थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउनासाथ सबैभन्दा धेरै गाली आफूले खाने गरेको पनि गुनासो गरेका छन् । अहिले कोरिडोर क्षेत्रमा दुई आना र पाँच आना जग्गामा सयौँ घर बनेकाले ती घरको संरक्षण गर्ने गरी ’मास्टर प्लान’ बनाउन उनको सुझाव छ ।

उनले भने, ‘धोबीखोला कोरिडोरको कपन-बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाएर गरिदिनुपर्छ । कोरिडोर क्षेत्रमा भएका कामहरू अब बन्ने आयोजनाअन्तर्गत आउनुपर्छ । यो क्षेत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु ।’

महामन्त्री थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरू वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरूको समेत संरक्षण कसरी गर्ने भन्नेबारेमा सोच्नुपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP