शनिबार , भाद्र १३, २०८३

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज (आइतबार) बस्दै छ । आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको हो । यसअघि बसेको तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ ।

अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताएका छन् । समिति समक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन् । महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् ।

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ । संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग ? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन । संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ । संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP