शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्ने छ । डेकोरेसनको लगानीबाट लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । शत्रु पनि पराजित हुनेछन् ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन पनि सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन लाभ-हानी, सुख-दुःख मध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकांक्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निणर्य लिन सकिनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । शेयरको कारोबारबाट सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निणर्य लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP