मंगलबार , बैसाख २९, २०८३

एजेन्सी । चार्ल्स तृतीया औपचारिक रूपमा बेलायतको राजा घोषित भएका छन् । सेन्ट जेम्स प्यालेसमा भएको एक विशेष समारोहमा उनलाई बेलायतको राजा घोषणा गरिएको हो ।

चार्ल्स आम परम्परा अनुरूप उनकी आमा एलिजावेथ द्वितीयाको निधन लगतै स्वतः राजा भएका भए पनि औपचारिक निणर्य हुन बाँकी थियो । शनिबार ‘द एक्सेसन काउन्सिल’ को विशेष बैठकले उनलाई औपचारिक रूपमा राजा घोषित गरेसँगै सेन्ट जेम्स प्यालेसमा समारोह सुरु भएको हो ।

द एक्सेसन काउन्सिलमा बेलायतका शीर्ष राजनीतिज्ञ, अधिकारी र न्यायाधीश हुन्छन् । इतिहासमा पहिलो पटक बेलायतको राजा घोषणा समारोहलाई टेलिभिजनमा देखाइएको छ । चार्ल्स बैठकको पहिलो खण्डमा सहभागी थिएनन् भने राजा घोषित भएपछिको दोस्रो खण्डमा उनले द शीर्ष राजनीतिज्ञ सम्मिलित समूह द प्राइभी काउन्सिलको पहिलो बैठक आयोजना गरिएको थियो ।

द प्राइभी काउन्सिलका क्लर्क रिचर्ड टिलब्रुकले चार्ल्सलाई ‘राजा, राष्ट्रमण्डलको प्रमुख र धर्म (विश्वास) को रक्षक’ घोषणा गर्दै ‘(गड सेभ द किङ्ग (इश्वरले राजाको रक्षा गरुन्)’ हरफ भनेका थिए । त्यस पदावलीलाई सोही कक्षमा रहेका पत्नी-रानी क्यामिला, प्रिन्स अफ वेल्स विलियम र प्रधानमन्त्री लिज ट्रसले दोहोर्‍याएका थिए ।

समारोहमा द प्राईभी काउन्सिलका झण्डै २०० सदस्यहरू सहभागी थिए । जसमा देशका सम्पूणर् जीवित पूर्व प्रधानमन्त्रीहरू बोरिस जोनसन, थेरेसा मे, डेभिड क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर र जोन मेयर लगायतका थिए ।

राजा चार्ल्स तृतीयाले नै एक्सेसन काउन्सिलमा टिभीका क्यामेरा अनुमति दिने निणर्य गरेका थिए । यसले देशको राजा घोषणा हुने प्रक्रिया आम जनता अवगत हुने उनको आशय रहेको दरबार स्रोतले बताएको छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP