मंगलबार , अषोज २७, २०८३

अमृत ज्ञवाली / डार्विन

प्रेम बिनाको ज़िन्दगी निरश छ।प्रेमको सागर कति गहिराई हुन्छ त्यसको महफिलमा डुबेका जोडीलाई पनि थाह हुदैन।

यस पालिको प्रणय दिबसमा अष्ट्रेलियाको डार्बिनको छेउमा रहेको टिमोर सी मा बडो रोमान्टिक देखियो। डार्बिनको मुटु Esplanade को हरियो चौरमा वरिपरि टिमोर सी मा पानी टलपल टलपल गर्दै गर्दा प्रकृतिले पनि त्यो पललाई सिमसिमपानी दिएर रोमान्टीक बनाउदै गर्दा सिर्जनात्मक र रचनात्मकता को पर्याय सधै अब्बल डार्बिन ब्बाईज ले आफ्ना जीवन संगिनीहरुको लागि यो पालीको प्रेम दिबसलाई बिशेष कार्यक्रमका साथ रोमान्टीक बनायो।

ब्बाईजहरु सबैजना गुलाबी सर्टमा जीबनसंगीनीहरु रातो पहिरनमा रातै कार्पेटमा रातै बेलुनको आर्कमा सगै प्रेमसाटा साट गरेर रातो गुलाब जीबन संगीनीको हातमा थमाईदिदा को दृश्य बडो रोमान्टिक र मुख्य आकर्षणको केन्द्र थियो।डार्बिन ब्बाईजका मेम्बर शुशिल श्रेष्ठ मुख्य प्रस्तुतकर्ता र म्युजिक भिडियो निर्देशक प्रतिभबान ब्यक्ति बि पी भन्डारीको प्रेम गित साँझ बिहानको प्रिमियर सो ले कार्यक्रमलाई झनै सुनमा सुगन्ध थपिदियो।

बिशेष रुपमा बिहानै देखी दुलही झै प्रेमको प्रतिक रातै फ़ुल र बेलुनले सजिएको डार्बिनको H -होटेलमा अबस्थित डीबारमा डार्बिन ब्बाइजको २१ जोडीको डिनर त्यसपछिको Couple dance को बिशेष रौनकमा प्रेमको छाल छच्लकिएको थियो ।अरुण फुयालको जोड़ीले ..मै सापले घाईते दिलमा आरा चलाईसिस्यो र दिपेन्द्र घिमिरेको जोडीले फुलबुट्टे सारी चट्क्कै परी बोलको गितमा उत्कृष्ठ पर्फमेन्सको साथ माहोललाई प्रेमको माहासागरमा परिणत गराईदियो।
ब्बाईजहरुको र्रयान्डम डान्स कम्ता रमाइलो थिएन भाइरल ब्बाई महेश ढकाल ,डिस्को ब्बाई बिपिन लामिछाने, मुस्कानका मालिक धनु सुनार र चिकेन डान्समा अब्बल श्री ढुंगानाको डान्स कम्बिनेशन वाह थियो।

 


अन्तमा प्रेमको प्रतिक रातो गुलाब र सर्पराईज गिफ्टका साथ जीबनसंगीहरुको हातमा थमाउदै प्रेम सधै प्रगाढ़ रहिरहने शुभकामना साटासाट गर्दै भ्यालेन्टाईन डे सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP