मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पुनर्मिलनको योग रहेको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । प्रेमीको सहयोग पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र तथा अलङ्कारको प्राप्ति हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ने छ । शत्रुमाथि विजय मिल्ने समय छ ।

city
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने छ ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । समाजसेवामा मन लाग्ने छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज इच्छा र आकांक्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधा आउन सक्छ । वैदेशिक क्षेत्र पनि कमजोर रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्ने छ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक चिन्ता बढ्न सक्छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता पनि भइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक कार्यमा पनि बाधा आउनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP