सोमबार , बैसाख ८, २०८२

कैलाली । कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । घोडाघोडी नगरपालिका-१ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेका हुन् ।

‘सानो काम छ भनेर एक युवकले लिएर गए । त्यसपछि अन्यलाई फोन गरेर बोलाएको पाइयो’ इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले भने ‘त्यस पछि उनी बलात्कारको सिकार भइन् ।’ किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सानो काम छ भनेर लिएर गएको र त्यहाँ आफूलाई केही खुवाएर सामुहिक बलात्कार गरेको पीडित किशोरीलाई प्रहरीलाई बयान दिएकी छन् । २१ गते राति किशोरी सामुहिक बलात्कारमा परेकी थिइन् । बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आएकी थिइन् । उनी त्यसपछि साथीको घरमा गइन् । २३ गते घर गएकी किशोरी घर पुगिसकेपछि पनि आफू बलात्कारको सिकार भएको कुरा अभिभावकलाई भन्न सकिनन् ।

२३ गते फेरी सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेवारिसे अवस्थामा एक किशोरी केही समस्या रहेको जस्तो अवस्थामा प्रहरीले जानकारी पाएपछि उनलाई घोडाघोडी अस्पतालमा उपचार शुरु गरियो । राति २ बजे उनी होसमा आइन् । त्यसपछि ४ बजे प्रहरीले पीडित किशोरीको बयान लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले त्यस लगत्तै घटनामा संलग्नहरूको खोजी शुरु गरेको थियो । ‘किशोरीको बयानको आधारमा हामीले तत्काल नै उनीहरूको खोजी शुरु गर्‍यौँ’ डिएसपी शाहीले भने, ‘दुई जनालाई त बिस्ताराबाटै पक्राउ गरेका छौं ।’ अहिलेसम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । थप एक जना फरार रहेको र फरार भएका व्यक्तिको पनि खोजी भइरहेको उनले जानकारी दिए । प्रहरीले पीडित किशोरीलाई स्वास्थ्य परीक्षणको लागि धनगढी पठाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP