मंगलबार , जेठ २८, २०८२

काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो ।

बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६ करोड रुपैयाँ र २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यस्तै, आर्थिक वर्ष २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ र २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP