मंगलबार , जेठ २८, २०८२

चितवन । पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका-३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो ।

कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ । तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट भएको उद्योगका सञ्चालक किरणभूषण ओलीले जानकारी दिए ।

आगलागीबाट करिब रु एक करोड ५० लाख बराबरको क्षति भएको उनले बताए । विद्युत् सर्ट भएर राति करिब पौने २ बजेबाट लागेको आगो दमकल, इलाका प्रहरी कार्यालय भण्डारको टोली र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि निभाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP