शनिबार , भाद्र १३, २०८३

काठमाडौं । साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।

गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्न समेत सकिन्नथ्यो ।

तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदैछ । त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौंका सडकमा फोहोर देखिन छाडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP