सोमबार , बैसाख ८, २०८२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताएकी छिन् ।

कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ नेपाली समाजलाई अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले इन्द्रजात्रा पर्वले प्रकृति र मानव समाज बीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने गरेको बताइन् । उनले सन्देशमा शताब्दियौँदेखि प्रचलनमा रहेका मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने कुरा उल्लेख गरिन् ।

उनले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गरेकी छिन् । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ गरी आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली मौलिक चाडपर्वले जातीय, भाषिक, सांस्कृतिक विविधता युक्त नेपाली समाजलाई एकताबद्ध बनाउने बताएका छन् । उनले धर्म संस्कृति, चाडपर्वको संरक्षण र संवर्द्धन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP