शनिबार , भाद्र १३, २०८३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चाडवाडमा बेला हुनसक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारीरुपमा बजार अनुगमन गरिने बताएका छन् ।

मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाउने बताएका छन् ।

उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारभन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्दत पुग्ने बताए । उनले पेट्रोलियम पदार्थको आयातका लागि पाइपलाइन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीतिलगायतका योजनाहरु सार्वजनिक गरे ।

त्यस्तै उनले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको बताए । रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाइ छ । मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको बताए ।

उहाले नेपाल गुणस्तर परिषद्बाट १२ वटा विभिन्न प्रकारका ग्याससम्बन्धी र ३ वटा पाइपसम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको र थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP