मंगलबार , जेठ २८, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चाडवाडमा बेला हुनसक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारीरुपमा बजार अनुगमन गरिने बताएका छन् ।

मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाउने बताएका छन् ।

उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारभन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्दत पुग्ने बताए । उनले पेट्रोलियम पदार्थको आयातका लागि पाइपलाइन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीतिलगायतका योजनाहरु सार्वजनिक गरे ।

त्यस्तै उनले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको बताए । रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाइ छ । मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको बताए ।

उहाले नेपाल गुणस्तर परिषद्बाट १२ वटा विभिन्न प्रकारका ग्याससम्बन्धी र ३ वटा पाइपसम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको र थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP