मंगलबार , अषोज २७, २०८३

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलब ७४ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलब ८४ मा सीमित भएको छ ।

कूल दुई सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार बैंकिङ चार दशमलब शून्य छ, व्यापार १७ दशमलब ५९, उत्पादन १३, अन्य १८ दशमलब ८५, लघुवित्त एक दशमलब ५५, जीवन बीमा २४ दशमलब ८२, नागरिक लगानी कोष शून्य दशमलब १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै होटल तथा पर्यटन १० दशमलब ९७, विकास बैंक ३७ दशमलब १३, जलविद्युत् १३ दशमलब ७८, वित्त २२ दशमलब दुई र निर्जीवन बीमा एक दशमलब ७१ र लगानी शून्य दशमलब शून्य दुई अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक बराबर रहेको छ ।

नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार तीन सय ६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु चार करोड ४४ लाख ८१ हजार चार सय १९, नबिल बैंक रु तीन करोड ३५ लाख पाँच हजार छ सय ७८, प्राइम बैंक रु दुई करोड ९३ लाख १० हजार सात सय ५४ र एशियन लाइफ इन्स्योरेन्स रु दुई करोड ७८ लाख ८४ हजार नौ सय ९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त चार दशमलब ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी चार दशमलब शुन्य नौ, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलब ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलब ९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ७० प्रतिशतले कमाएका छन् ।

यस्तै,सामुदायिक लघुवित्त छ दशमलब ४९, अप्पर हेवाखोला पाँच दशमलब ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलब ६०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलब ७५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP