शनिबार , भाद्र १३, २०८३

काठमाडौं । एसिया कप टी-२० क्रिकेटको सुपर चारमा गए राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै बाहिरिएको छ । पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको छ ।

पाकिस्तानसँगै श्रीलङ्का पनि फाइनल पुगेको छ । अफगानिस्तानसँगको खेलमा जितका लागि पाएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो ।

नसिम शाहले पहिलो र दोस्रो बलमा लगातार छक्का हानेपछि पाकिस्तानले रोमाञ्चक जित हात पार्‍यो । उनले अविजित १४ रन जोडे । त्यस्तै पाकिस्तानका सादाब खानले ३६, इफ्तिखर अहमदले ३०, मोहम्मद रिजवानले २० तथा आसिफ अलिले १६ रन बनाए ।

अफगानिस्तानका फैजल फारुकी र फरिक अहमदले समान ३/३ विकेट लिए । राशिद खानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

अफगानिस्तानका इब्राहिम जाड्रानले ३५ तथा हर्जलुल्लाह जाजइले २१ रन बनाए । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजले १/१ विकेट लिए । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भारत श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो ।

एसिया कपबाट बाहिरिएका भारत र अफगानिस्तानबीच आज खेल हुनेछ । विजयी टोलीको दुई अङ्क मात्र हुनेछ । पाकिस्तानले अन्तिम खेलमा भोलि श्रीलङ्कासँग खेल्ने छ । उपाधिका लागि आइतवार श्रीलङ्का र पाकिस्तान खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP