
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,८३६ नमूना परीक्षण गरिएकोमा २३० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार पीसीआरबाट १२८ र एन्टिजेनबाट १०२ जनामा कोरोना पुष्टि भएको हो । बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । आज थप ७८ जना कोरोनामुक्त भएका छन् ।
हाल २५०५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख ६५ हजार २०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।