शनिबार , भाद्र १३, २०८३

काठमाडौं । शेयर बजार आज (बुधबार) पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिन दिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।

बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, प्राइम डिबेन्चरको शेयर झण्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झण्डै साढे ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP