शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार हुन् भन्ने चाहेको बताएका छन् ।

आज (बुधबार) अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए । सो कार्यक्रममा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक पनि रहेको र सबै भन्दा ठूलो रक्षक भएको बताएका थिए । त्यही प्रसङ्गमा जर्नादनाई समेत प्रचण्डले जवाफ दिएका हुन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी बलियो नभएसम्म प्रतिगमनको खतरा रहिरहने बताएका छन् । कार्यक्रममा ‘प्रचण्ड’ ले माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने उनले बताए ।
उनले भने, ‘माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिराख्छ । माओवादी आन्दोलन बलियो बनाउन तपाईहरु फिल्डमा जानुहुनेछ ।’

प्रचण्डले समाजवादी क्रान्तिको नयाँ चरणमा प्रवेश गरेको बताए । प्रचण्डले थपे, ‘जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं । समाजवाद निर्माणको महाअभियानमा लागौं । विचार र सिद्धान्तलाई उच्च प्राथमिकता दिनुपर्छ । निर्वाचनको व्याटलमा जाँदैछौं । पार्टीको नीति के छ भने सडक, सदन र सरकारबाट आन्दोलन गरेर मात्रै उपलब्धी हासिल गर्न सकिन्छ ।’ उनले विद्यार्थीहरुलाई कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको संज्ञा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP