
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार हुन् भन्ने चाहेको बताएका छन् ।
आज (बुधबार) अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए । सो कार्यक्रममा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक पनि रहेको र सबै भन्दा ठूलो रक्षक भएको बताएका थिए । त्यही प्रसङ्गमा जर्नादनाई समेत प्रचण्डले जवाफ दिएका हुन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी बलियो नभएसम्म प्रतिगमनको खतरा रहिरहने बताएका छन् । कार्यक्रममा ‘प्रचण्ड’ ले माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने उनले बताए ।
उनले भने, ‘माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिराख्छ । माओवादी आन्दोलन बलियो बनाउन तपाईहरु फिल्डमा जानुहुनेछ ।’
प्रचण्डले समाजवादी क्रान्तिको नयाँ चरणमा प्रवेश गरेको बताए । प्रचण्डले थपे, ‘जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं । समाजवाद निर्माणको महाअभियानमा लागौं । विचार र सिद्धान्तलाई उच्च प्राथमिकता दिनुपर्छ । निर्वाचनको व्याटलमा जाँदैछौं । पार्टीको नीति के छ भने सडक, सदन र सरकारबाट आन्दोलन गरेर मात्रै उपलब्धी हासिल गर्न सकिन्छ ।’ उनले विद्यार्थीहरुलाई कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको संज्ञा दिएका छन् ।