सोमबार , बैसाख ८, २०८२

काठमाडौं । आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुने स्रोतले जनाएको छ ।

कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन् । लिपिबद्ध गर्न मात्र बाँकी रहेको उनले बताएका छन् । बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उनको दाबी छ ।

तर, उनले सिट संख्याबारे भने जानकारी दिएनन् । आफूहरूबीच सहमति भइसकेको भए पनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उनले बताएका छन् । ‘बुधबारको बैठकमा प्रतिवेदन तयार गर्छौं । अब लिपिबद्ध गर्ने चरणमा पुगेका छौँ । सिट संख्याबारे भन्न अहिले अलि हतार हुन्छ । अब लिपिबद्ध गरेर शीर्ष नेतृत्वलाई बुझाउँछौँ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP