बुधबार , जेठ १५, २०८२

काठमाडौं । शेयर बजार आज (मंगलबार) पनि दोहोरो अंकले घटेर राताम्य भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव ७९ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ ।

हिजो ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २७ वटा कम्पनीको ३२ लाख नौ हजार कित्ता शेयर एक अर्ब १९ करोड सात लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको नौ करोड १४ लाख र रिडी हाइड्रोको नौ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सानिमा माई हाइड्रोको शेयर झण्डै साढे सात प्रतिशत र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उन्नति सहकार्य लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP